दफा ७
संस्थानको उद्देश्य वा काम हेरफेर
(१) कुनै बखत संस्थानको कुनै उद्देश्य वा संस्थानले गर्ने भनी तोकिएको कुनै काम कारवाईमा कुनै हेरफेर गर्नु परेमा सञ्चालक समितिले कारण सहित सो कुराको स्वीकृतिको लागि नेपाल सरकारमा प्रतिवेदन गर्न सक्नेछ र त्यस्तो प्रतिवेदन परी नेपाल सरकारले मनासिब ठहराएमा सो कुराको स्वीकृति दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारबाट स्वीकृत भएपछि संस्थानको उद्देश्य र काम कारवाई बारे नेपाल राजपत्र र प्रमुख पत्रपत्रिकाहरुमा सूचना प्रकाशित गर्नु पर्छ र त्यस्तो सूचना प्रकाशित भएपछि मात्र सो बमोजिम संस्थानको उद्देश्य वा काम कारवाईमा परिवर्तन गर्न सकिनेछ ।